Logo
Logo

हामी निलो क्रान्तिमा पसिना बगाउन चाहन्छौँ : लामिछाने


378
Shares

सिधुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब एउटा क्रान्तिको आवश्यकता भएको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको बताएका हन् ।

उनले भने, ‘देशमा धेरै आन्दोलन भए, त्यसको सान्दर्भिकतामा प्रश्न गरेको होइन । हरेक युगले आफ्नै किसिमको माग गर्दछ । मात्र हामी अहिलेको मागलाई सम्बोधन गर्दै जनतालाई दुःख दिएर होइन, जनतालाई सुख दिने हेतु, नेताले अग्रसरता लिने किसिमको आन्दोलनको परिकल्पना गर्दैछौं । हाम्रो युगमा क्रान्तिको आवश्यकता छ । परिवर्तनका लागि आन्दोलनहरुको आवश्यकता छ ।’

उनले अवको आन्दोलनको स्वरुप र प्रभावकारीता फरक हुने पनि बताए । सभापति लाकिछानेले हिजोको रातो क्रान्तिमा रगत बगेकाले अब नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘इतिहासमा रातो क्रान्ति भए । राता क्रान्तिप्रति हामीले अवमूल्य गरेका छैनौँ, गर्दैनौं । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौ ं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ ।’

उनले जनतालाई अगाडि लगाएर आफू पछाडि बस्ने दिन गएको दाबी गरे । लामिछानेले जनतालाई दुःख दिएर नभई नेताले दुःख गरेर परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ । त्यसको शान्त विरोध रास्वपाले गरेको हो । अब जनतालाई दुःख दिन पुग्यौं । केही गर्नुपर्छ भने नेताले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ ।’

उनले २१ वटा योजनामा दबाब यात्रा सुरु गरेको उल्लेख गर्दै समस्याको ज्ञापनपत्र नभई समाधानसहितको ज्ञापन पत्र बुझाएर जनतालाई जानकारी दिने बताए । ‘हामीसँगै विज्ञ टोली, विज्ञता हासिल गरेका व्यक्तिहरु पनि छन्’ उनले भने, ‘यात्रा सकिएपछि सुझाव पत्र सरकारलाई बुझाउने छौं ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000