Logo
Logo

नागरिकता प्रकरणमा छनविन चलिरहेकै बेला महासचिव पाण्डेयले लिए शपथ


504
Shares

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले बुधबार शपथ लिएका हुनु ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए । पाण्डेयमाथि ३ वटा नागरिकता लिएको विषयमा छानबिन भइरहेको छ । यसैबेला महासचिव नियुक्त भएका पाण्डेयले आज सपथ लिएका हुन् ।
पाण्डेयले विभिन्न मितिमा तीनपटक नागरिकता लिएको खुलेको छ । यस विषयमा गृह मन्त्रालयका साथै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमाथि अहिले छानबिन भइरहेको छ ।

समितिका सभापति रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिमा पनि पाण्डेयविरुद्ध परेको उजुरीमाथि छानबिन चलिरहेको बताए ।

पाण्डेयले पहिलापटक २०२६ सालको जन्म मिति भएको नागरिकता लिएको, त्यसपछि २०३२ साल जन्ममिति भएको र २०७७ सालमा फेरि २०२६ सालमै जन्ममिति कायम भएको नागरिकता लिएको भेटिएको छ । त्यस्तै पासपोर्ट पनि त्यही आधारमा तिनवटा लिएको भेटिएको छ । त्यसबारेमा गृह र राज्यव्यवस्था समितिले छानविन गरिरहेको हो ।

पाण्डेयलाई गत मंसि २५ गते सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्को महासचिवमा सिफारिस गरेका थिए । त्यसको झन्डै २ महिनापछि राष्ट्रपतिले मंगलबार महासचिवमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्