Logo
Logo

ल्होछारका अवसरमा राक्सिराङमा तीन दिन सार्वजनिक बिदा


819
Shares

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक शुभकामना सन्देश जारी गर्दै ल्होछारका अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मनुश्री सम्वत २८६० डुक÷मु ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्