Logo
Logo

क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल, हेमन्तको डेब्यु


252
Shares

काठमाडौं । क्यानडासँगको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । नेपालबाट यू–१९ क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हेमन्तलाई नेपालले अन्तिम खेलमा डेब्यु गराएको हो । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।

नेपालले आजको खेलमा आसिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामीलाई विश्राम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्