Logo
Logo

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा


1.8k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकसाथ तीनजना मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनीहरुको राजीनामा माग गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरेका छन् ।

उनले प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको दावी गरे ।

यस्तै, बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पर्ने उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्