Logo
Logo

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य


378
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो । नेपाललनेदरल्यान्ड्सविरूद्ध मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल १७२ रनमा अलआउट भएको छ ।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन् । ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे । सातौं विकेटको रुपमा आउट भएका कुशलले मध्यक्रमका ब्याटरबाट राम्रो साथ पाउन सकेनन् ।
अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए । उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए । आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे ।

आसिफ आउट भएपछि ब्याटिङमा आएका अनिल साह चल्न सकेनन् । उनी ७ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके । आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे ।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्मा र अर्यन दत्तले ३–३ विकेट लिए । डि लीडले २ विकेट लिन सफल भए । आजको खेल जारी सिरिजको अन्तिम खेल हो ।

प्रतिक्रिया दिनुहोस्