काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ ।

यसअघि पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजी गरेका थिए । सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।














