Logo
Logo

निजगढमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते


11.9k
Shares

बारा । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा परि अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्फोटमा परि निधन भएका सो वर्कशपका सञ्चालक हुन् । अन्य घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्