Logo
Logo

स्टेशनरी व्यवसायी महासंघको सदस्यमा किसानको उम्मेदवारी


1.8k
Shares

स्याङ्जा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सदस्य पदका लागि स्याङ्जाबाट किसान श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

महासंघको सातौँ महाधिवेशन शुक्रवारबाट काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा जिल्ला÷प्रदेशहरूबाट पुस्तक तथा स्टेशनरी व्यवसायीको सहभागिता रहने छ ।

श्रेष्ठ विभिन्न संघ संस्थामा लामो समयदेखि आबद्ध छन् । केन्द्रीय सदस्य उम्मेदवार बनेका श्रेष्ठ आफ्नो उद्देश्य उत्पादक, प्रकाशक, वितरक, थोक तथा खुद्रा विक्रेता, उपभोक्ता, विद्यार्थी, अभिभावक लगायत हक अधिकारलाई सुनिश्चित गर्ने रहेको बताउँछन् ।

महासंघको केन्द्रीय अध्यक्ष पदका लागि गण्डकी प्रदेशबाट ऋषिराम शर्मा र सचिव पदका लागि मोहनप्रसाद सापकोटाले पनि उम्मेदवारी दिँदै छन् ।

२०६२ सालमा स्थापना भएको महासङ्घमा करिब १५ हजार व्यवसायी आबद्ध छन् । अहिलेसम्म ७२ जिल्लामा संगठन बिस्तार भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्