Logo
Logo

ट्रिपरले सुमोलाई ठक्कर दिँदा २ जनाको मृत्यु, तीन घाइते


567
Shares

मोरङ । बेलबारीमा सुमो गाडीलाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान ट्रिपरले सुमोलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।

ट्रिपरको ठक्करपछि सुमो प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठोक्किएको थियो । सुमोमा सवार ५ जनामध्ये दुई जनाको मृत्यु भएको र तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हनेको सनाखत हुन बाँकी रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्