Logo
Logo

भरतमोहन अधिकारीको स्मृतिमा विद्यार्थीलाई सीपमूलक तालिम


567
Shares

काठमाडौं । लोकप्रिय वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाँचौँ स्मृति दिवस सिर्जनात्मक रूपले मनाइँदै छ ।

स्मृति दिवसको अवसरमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’द्वारा चन्द्रागिरि नगरपालिका– १३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सीपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ । उक्त आयोजनाको आज (शुक्रबार) उद्घाटन गरिएको छ ।

सो विद्यालयका कक्षा नौदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरूबाट अंग्रेजी भाषा सिकाइका साथै इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम दिइने फाउन्डेसनका सदस्य तथा अधिकारीपुत्री लिमा अधिकारीले जाननकारी दिए ।

विक्रम संवत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो ।

अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्