Logo
Logo

संकटको बेला घटबेटीद्वारा डेरावालमाथि कुटपिट, डिएसपीकै संरक्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ चैत ।
विषयमा परिस्थितीमा धेरै घरबेटीहरुले केही महिनाका लागि भाडा मिनाहा दिने निर्णय गरेर प्रशंसा कमाइरहेका छन् । तर, केही घरबेटी भने डेरावालमाथि कुटपिटमा उत्रिएका छन् ।


कालोपुलस्थित गणेशप्रसाद खरालले आफ्नो घरमा पसल राखेका भरतबहादुर अधिकारीको परिवारमाथि आइतबार साँझ कुटपिट गरेका हुन् । पसलको सामान समेत फालेर उनले दुव्र्यवहार गरेका हुन् ।

घटनालगत्तै पसलेले प्रहरीलाई खबर गरेपनि उल्टो प्रहरीले कुटपिट गर्नेलाई संरक्षण दिएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी भरतबहादुर विकले खराल परिवारलाई संरक्षण गरेका हुन् । कुटपिट गर्नेमाथि नै संरक्षण गरेपछि स्थानीयहरु प्रहरीसँग आक्रोशित भएका छन् ।

कुटपिट गर्नेलाई पक्राउ गर्न समेत मानेका छैनन् । जबकी उनको हजारौंको सामान समेत क्षती पुगेको छ ।

घटनाको छानबिन हुने काठमाडौं परिसरले जनाएको छ । अदालतको फैसला कार्यान्वायन नगरेको भन्दै डिएसपी लगायतमाथि अदालतको अपहेलना मुद्दा दायर भएपछि डिएसपी विकले उल्टो पीडितलाई दुःख दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्