Logo
Logo

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, उद्दार जारी


1k
Shares

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको छ ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई गजुरीस्थित अस्पतालमा पठाइएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका लागि खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्