काठमाडौं । सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् ।
नेकपा (एमाले) ले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् । गठबन्धनमै भएको जनता समाजवादी पार्टीले भने मन्त्रीहरुको नाम दिइसकेको छैन ।

नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए । नयाँ मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
कुन पार्टीबाट को भए मन्त्री ?
एमाले
रघुवीर महासेठ- उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी- कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती- रक्षा
भगवती चौधरी- महिला बालबालिका
राजेन्द्र राई- खानेपानी
दामोदर भण्डारी- उद्योग
ज्वालाकुमारी साह- कृषि
बलराम अधिकारी- भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन- अर्थ
शक्ति बस्नेत- उर्जा
रेखा शर्मा- सञ्चार
हितबहादुर तामाङ- पर्यटन
रास्वपा
रवि लामिछाने- उपप्रधान तथा गृह
डीपी अर्याल- श्रम
विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुद
सुमना श्रेष्ठ- शिक्षा














