Logo
Logo

सरकारमा जाने/नजाने निर्णय गर्न एकीकृत समाजवादीले तीन नेतालाई दियो जिम्मा 


7.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने/नजाने निर्णय गर्न तीन नेतालाई जिम्मा दिएको छ । 

आज (बुधबार) बसेको सचिवालय बैठक पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाललाई सरकारबारे निर्णय गर्न जिम्मा दिएको हो ।  अब यी तीन नेताले गठबन्धनका नेताहरूसँग छलफल गरेर सरकारमा जाने या नजाने निर्णय गर्नेछन् । 

बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकाले पनि सरकारमा जाने भने निर्णय नभएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले अध्यक्ष नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

त्यस्तै, आजै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डले धोका दिएका र उनको नेतृत्वमा हतार गरेर सरकारमा नजान नेता नेपाललाई आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्