Logo
Logo

सरकारमा सहभागी हुन अरु दललाई एमालेको आग्रह


441
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु साना दलहरुलाई पनि आग्रह गरेको छ ।

आज बिहान बसेको एकाले सचिवालय बैठकले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीसंग नयाँ सहकार्य गरेकोले यसलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकाल्दै पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गरेको हो ।

बैठकले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । महासचिव पोखरेलले विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकिर गरे ।

त्यस्तै बैठकमा पार्टी स्थापनाको ७५ औं बर्षगाठका सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको बिशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले बताए । त्यसअघि बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्