Logo
Logo

राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रियसभाको बैठक बस्नुअघि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।

यसअघि नै निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ । कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्