Logo
Logo

राप्रपाको बैठक आजपनि बस्दै


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठक हिजो शनिबार पनि बसेको थियो । तर नेताहरूबीच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज सार्वजनिक गर्ने तयारी राप्रपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्