Logo
Logo

आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको अध्यक्षमा सुमन मोक्तान


378
Shares

सर्लाही । आदिवासी जनजाति युवा महासंघ नेपालको प्रथम सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको छ । भेलाले सुमन मोक्तानको अध्यक्षमा १३ सदस्सीय नयाँ जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा टिकाराम सुस्लिङ, सचीवमा सुमित्रा पाख्रिन लगाएत बाँकी सदस्यमा निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि सुमन मुक्तानले राज्यले र विभिन्न सम्रपादयले आदिवासी जनजातिका हक अधिकार कुण्डित गर्ने काम गरेकाले त्यसका विरुद्ध संस्थालाई चलायमान बनाउने बताए । उनले आदिवासी जनजातिका भाषा, कला, भेषभुषा, संस्कार र संस्कृति लोपहुँदै जान थालेकाले त्यसको विकास र समृद्धिका लागि पहल गर्ने बताए ।

भेलालाई सम्बोधन गर्दै आदिवासी जनजातिका नेता सुरेन्द्र लामाले सबैलाई एकीकृत भएर अगाडि बढ्न सुझाव दिए । उनले नयाँ कार्य समितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत दिए । भेला जनजाति युवा महासंघका केन्द्रीय सचीव तथा मधेश प्रदेश इन्चार्ज सन्जिव मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्