
काठमाडौं । नेकपा एमाले बैतडीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन् । मंगलबार पाटनमा सम्पन्न नवौँ अधिवेशनले विकलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै लोकेन्द्र भण्डारी उपाध्यक्ष र हजारी साउद सचिव, हर्क धानुक र पार्वती भट्ट उपसचिव सर्वसम्मत चयन भएका छन् ।अधिवेशनले पदाधिकारी र सदस्यसहित ९० सदस्यीय कमिटी पनि चयन गरेको छ ।














