काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । जारी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्डले यसअघि पुस २६ गते २०७९ मा पहिलोपटक र चैत्र ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

आज प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी लगायतका दलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् ।














