Logo
Logo

काठमाडौंका विभिन्न ठाउँमा सहकारी पीडितहरूको प्रदर्शन


189
Shares

काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन सुरू गरेका छन् ।

सहकारी बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

सहकारीमा बचत गरेको पैसा सञ्चालकहरूले फिर्ता नदिएर ठगिएका पीडिहरू देशभरबाटै काठमाडौंमा जम्मा भएका छन् । प्रदर्शनकारीले ठगी गर्ने सहकारीका नामसहितका प्लेकार्ड बोकेर, नाराबाजी गर्दै विरोध जनाएका छन् ।

आफूले जम्मा गरेको पैसा आवश्यक परेको बेला निकाल्न जाँदा सहकारीले छैन भन्दै फिर्ता गर्ने गरेको पीडितहरूले बताएका छन् ।
आफ्नो पैसा फिर्ता गराउँन सरकारले पहल गर्नुपर्ने पीडितहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्