Logo
Logo

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


693
Shares

काठमाडौं । ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद रघुजी पन्त, दामोदर पौडेल ‘वैरागी’, चन्दा कार्की (भण्डारी), वासुदेव घिमिरे, लेखनाथ दाहाल, प्रदीप पौडल, शिशिर खनाल, अब्दुल खान, निशा डाँगी, सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, गणेश पराजुली, शिव नेपाली, मनिष झा, विनिता कठायत, बद्रीप्रसाद पाण्डे, माधव सापकोटा, सञ्जय गौतमलगायतले भाग लिएका थिए ।

सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले ७२ घण्टाभित्र आफूले गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्ने जानकारी गराए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000