Logo
Logo

चक्रपथमा राखिएका होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन निर्देशन


441
Shares

काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले सडकमा राखेको तीन दिनभित्र होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ । आयोजनाले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो ।

‘सूचनामा भनिएको छ, ‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नुपर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाण्डौ महानगरपालिका मातहत पर्दैन उल्लेख गरी होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को वर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र होडिङ्ग बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ ।’

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले उक्त होर्डिङ बोर्ड काठमाडौं महानगरपालिकाले नै राखेको बताए । उनले भने, ‘उक्त सडकबारे गुनासो आउन थालेपछि हामीले हाम्रो मातहतमा पर्दैन भनेर सार्वजनिक जानकारीका लागि होर्डिङ बोर्ड राखेका हौं ।’ स्थायी संरचना नभई जानकारीका लागि राखिएका कारण होर्डिङ बोर्ड हटाउन आवश्यक नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्