Logo
Logo

ओलम्पिक हिमाल चढेर फर्किएका कोरियन नागरिकको लडेर मृत्यु


315
Shares

काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका एक कोरियन नागरिकको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार स्वाङको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर मृत्यु भएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमार्फत उद्धार गरेर मृतकको शव कानुनी प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पताल ल्याइएको छ । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए।

प्रतिक्रिया दिनुहोस्