
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको भन्दै टिप्पणी गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।
‘सत्ता नेतृत्व गरिरहेकाे दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लागिसकेकाे छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ । हुँदा हुँदा माननीय अर्थमन्त्रीज्यूको नाम पनि सुन प्रकरणमा जोडिएको छ,’ उनले भनिन् ।














