Logo
Logo

काठमाडौंको रानीबारीमा दिउँसै चोरी


1.2k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ रानीबारीमा शुक्रबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएका रूपा श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।

चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्