Logo
Logo

यस्ता छन् रास्वपाको पाँच निर्णय


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यतासमेत खारेज गर्न सकिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले विभिन्न पाँच वटा विषयमा गरेको निर्णय गरेको छ । जसमा अनुचित काम गर्नेको सदस्यता समेत खारेज गर्न सकिने उल्लेख छ ।

रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन नेताबीच बैठक बस्नेछ । आजको बैठकको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिने निर्णय गरेको छ ।

रास्वपाको पाँच निर्णय
१. मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ।

२. राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ। यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ ।

३. मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ ।

४. मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ ।

५. सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्