
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
त्यस्तै साढे १० बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भई आएका नयाँ सदस्यहरूको स्वागत कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।














