Logo
Logo

बाबुरामलाई कारबाही गर्न यादव पक्षको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ । बानेश्वरको थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

सोमबार डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकतामा सहमति गर्नेलाई पार्टीबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । त्यससँगै यादव पक्षले पनि मंगलबार आफूपक्षको बैठक बोलाएको हो ।

बैठकले भट्टराई पक्षधरलाई कारबाही गर्ने र एकतालाई अनुमोदन गर्ने बताइएको छ । यादव पक्षले शनिबार एकताका लागिमाओवादी केन्द्रसँग चारबुँदे सहमति गरेको थियो । यो सहमतिप्रति बाबुराम भट्टराई पक्षले असहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्