Logo
Logo

धनगढीका मेयरलाई ‘धम्की दिने’ व्यक्तिले विष खाए


5k
Shares

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्तिले विष सेवन गरेका छन् । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।

नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । रानाले आफूलाई ह्वाट्सएम मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दकाअनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो ।

‘धम्की दिएको र सुरक्षाको माग गर्दै निवेदन आएपछि उहाँ (कमल) लाई हामीले सम्पर्क गरेका थियौ ’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘हिजो बौनिया थिए आज १० बजे प्रहरी कार्यालय आउँछु भन्नु भएको थियो । अहिले विष सेवन गरेको सुनियो । ’

प्रतिक्रिया दिनुहोस्