Logo
Logo

संसदीय समिति बन्ने सम्भावना छैन : केपी ओली


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको प्रश्नमा ओलीले भने, ‘सम्भव छैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन ।’

साथै उनले कांग्रेसबाट परिपक्व प्रतिपक्षीको भूमिकाको आह्वान समेत गरे । मंगलबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्