Logo
Logo

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन


1.1k
Shares

काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोविन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । 

आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबिच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।

समाजका संरक्षक काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढी अधिकृत कर्मचारीहरूको सहभागिता थियो ।

हाल जिल्ला भित्रका अधिकृतहरू संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत् कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।

समाजको तदर्थ समितिको पदाधिकारीहरूमा अध्यक्ष गोविन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल लगाएत छन् ।

यस्तै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दीपक कुमार के.सी., दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत समेत छन् ।

यसैगरी नागार्जुन नगरपालिका, काठमाडौं सदस्य भूमिराज भुसाल, को.ले.नि.का., सुनधारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली पनि छन् ।

श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् । दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरी उक्त समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्