
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल रिटर्नी एशोसिएसन रौतहट जिल्ला कमिटी गठन भएको छ ।
पार्टी पोलिटब्यूरो सदस्य तथा प्रेदेश २ सहइन्चार्ज रामचन्द्र शाहको प्रमुख आतिथ्य तथा एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको विशेष उपस्थितिमा शेष फरहदको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य सरला यदव, एशोसियसनका केन्द्रीय अध्यक्ष सुरेशराज शर्मा, मधेश प्रदेश इञ्चार्ज सोनालाल पण्डित, बारा अध्यक्ष अनिल कुमार शाह, रौतहट जिल्ला पार्टी अध्यक्ष कमल राय यादव, उपाध्यक्ष इन्दु झा, जिल्ला कमिटी सदस्य जयमङगल यादव, अनिल दास लगायतको उपस्थित थियो ।














