Logo
Logo

घाँटी रेटेर एक युवकको हत्या, दुई साथी पक्राउ


819
Shares

काठमाडौं । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो ।

बुधबार राति मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।

घाटी रेटीएपछि गम्भीर घाइते नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएको थियो । प्रहरीले नदाफका दुई जना साथीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्