Logo
Logo

ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुलाउने तयारी


252
Shares

काठमाडौं । काडमाडौंको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुलाउने तयारी भएको छ ।

गृह मन्त्रालयले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी ती दुई क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरेको हो । गृहको निर्देशनअनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

त्यस्तै गृहले ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । यही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्