Logo
Logo

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता


315
Shares

काठमाडौं । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले तीन प्रतिष्ठानबीच सम्झौता भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो ।

तीनवटै प्रतिष्ठानका सहकुलपति र स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बीपीकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बीपीकेआईएचएससँग सम्झौता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रूपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्