
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । उनले आइतबार पार्टी केन्द्रीए कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए ।
आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ । त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले आइतबारको बैठकमा हुनसक्ने बताइएको छ । त्यस्तै इलाम क्षेत्र २ को उपनिर्वाचनका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । एमाले कोशी प्रदेश कमिटीले ६ जनाको नाम सिफरिस गरिसकेको छ ।














