सुनसरी । लिम्बू विद्यार्थी मञ्चको अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भएको छ । गत चैत ६ गतेदेखि धरान–१५ स्थिति किरात याक्थुङ चुम्लुङ हिममा ‘अस्तित्वको लागि एकता’ भन्ने नाराका साथ सुरु भएको पाँचदिने सम्मेलन शनिबार समापन भएको हो ।
लिम्बुवान विद्यार्थी मन्चको स्थापना भएको २५औँ वर्ष पूरा भएको अवसर अर्थात युप्पा रजत जयन्तीको अवसर पारेर लिम्बू विद्यार्थीको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको रुपमा आयोजना गरेको थियो ।

लिम्बू बिद्यार्थी मन्चका केन्द्रिय संयोजक नितेश सिंगकको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यता सम्पन्न सम्मलेनमा पहिचानको आन्दोलनमा भाबी रणनीति सम्बन्धि बिद्यार्थीले आ–आफ्नो विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा मन्चका संस्थापक सदस्य तथा पूूर्वमहासचिव रमेश लिम्बू, लिम्बू विद्यार्थी मञ्चका सस्थापक सदस्य बसन्ती थेबे, भारतको आसामबाट आएकी माया लिम्बू, दार्जिलिङबाट चन्द्रकुमार सुब्बा, सिक्किमबाट सन्ध्या सुब्बा तथा लिम्बू विद्यार्थी मञ्चका पुर्वअध्यक्ष अबोध अविरल आङ्बुहाङ, लिम्बू विद्यार्थी मञ्चका पुर्वसचिव तथा मूल आयोजक समितिका प्रमुख सल्लाहकार अमित थेवे, लिम्बू विद्यार्थी मञ्च पुर्वउपाध्यक्ष धनेन्द्र जगेवू, लिम्बू विद्यार्थी मञ्च पुर्वउपाध्यक्ष जीवन थलङ, लिम्बू विद्यार्थी मञ्च सुनसरी जिल्ला अध्यक्ष विनिता मादेनलगायत लिम्बू विद्यार्थी मञ्च संस्थापक सदस्यहरुको सहभागीता रहेको थियो ।

त्यस्तै, सम्मेलनमा लिम्बू सम्बद्ध विभिन्न संघ सस्थाका प्रतिनिधि एबं विदेशी प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीलगायत सयौँको उपस्थित रहेको आयोजक लिम्बू विद्यार्थी मन्चकी सुनसरी जिल्ला अध्यक्ष बिनिता लिम्बूले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विभिन्न देशमा रहेका लिम्बू विद्यार्थी बिज्ञहरुले विभिन्न बिधामा लिम्बूभाषाको इतिहास र लिपिको बिकासक्रम, मातृभाषामा उच्च शिक्षा, मुन्धुमी तथा एतिहासिक चर्चा, लिम्बुवान आन्दोलन तथा बर्तमान पहिचानको आन्दोलन लगायतको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, महासम्मेलनबाट पारित निर्णयहरू पत्रकार सम्मेलन गरि आईतबार सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।














