Logo
Logo

बझाङमा एमालेको उम्मेदवार दमन भण्डारी


2k
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बझाङ १ ‘क’ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

२०७९ सालको निर्वाचनमा बझाङ प्रदेशसभा १ ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा गाडी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा एमालेले भण्डारीलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।

रिक्त रहेको प्रदेश सभा सदस्य पदका लागि आउँदो वैशाख १५ मै उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्