Logo
Logo

श्रीलंकामा कफ्र्यु उल्लंघन गर्ने हजारौँ पक्राउ


- दृष्टि न्युज/संवाददाता


कोलम्बो, १५ चैत (एपी) । श्रीलंकामा कफ्र्यु उल्लंघन गरेका हजारौँलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन ।
श्रीलंकामा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कफ्र्यु लगाईएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिँडडुल गर्न निषेध गरेको छ । सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।
प्रहरी नियन्त्रणमा परेका मुिस्लम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन । सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ । श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कफ्र्यु लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्