Logo
Logo

सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक जारी


1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक जारी छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक कैलालीको टिकापुरमा बसिरहेको हो ।

बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् । यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले बताए ।

एमाले–माओवादी–रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विमति छ ।

पार्टी अध्यक्ष श्रेष्ठले फागुन २१ पछि बनेको नयाँ समीकरणको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएकी छिन् । तर त्यसको विपरीत श्रेष्ठकी पति समेत रहेका संरक्षक चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई साथ दिनुपर्ने मनसायमा छन् । नाउपाका ७ जना सांसदहरूमध्ये सुदूरपश्चिम सरकारका ५ जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्