Logo
Logo

भारतको गुजरातले नेपाललाई दियो ९९ रनको लक्ष्य


189
Shares

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को पहिलो खेलमा भारतको गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ ।

आइतबार भारतको वापीमा जारी खेलमा नेपालका मध्यम गतिका बलरले आठ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले १८ ओार दुई बलमा सबै विकेट गुमाएर ९८ रन बनायो ।

गुजरातलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले चार विकेट लिए । चार ओभर बलिङ गरेका गुल्सनले २२ रन खर्चिए । करण केसीले तीन विकेट लिए । उनले ३।२ ओभरमा २२ रन खर्चिए । यस्तै, सोमपाल कामीले एक विकेट हात पारे ।

गुजरातका रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन थपे । गुजरातका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । आजको खेलपछि नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्