सरकारले ३० जना उपसचिवलाई सरुवा गरेर पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।

मन्त्रालयले बढुवापछि ७ जना उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएको छ । जसमध्ये भोजबहादुर भण्डारी प्युठानको स्वर्गद्वारी, डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी, बखतबहादुर खड्का सुर्खेतको लेकबेंसी नगरपालिका, खगेन्द्रप्रसाद भट्ट कञ्चनपुरको कृष्णपुर, निलमकुमार न्यौपाने कैलालीको भजनी, ध्रुवकुमार भण्डारी भोजपुरको षडानन्द, नारायणप्रसाद आचार्य पर्वतको फलेबास र घनश्याम गौतम पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत बनेका छन् ।
कुन उपसचिव कहाँ ?















