
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । रिक्त इलाम–२ र बझाङ प्रदेशसभा (१) मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
कांग्रेसले इलामबाट ७ जनाको नाम सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् । उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।














