Logo
Logo

काठमाडौंमा हर्कको एकल प्रदर्शन


1.7k
Shares

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन् ।

धरानका विकास निर्माण योजनासहित विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका मेयर सम्पाङले मंगलबार बिहान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै प्लेकार्ड बोकेर एकल प्रदर्शन गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुले काठमाडौंमा ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्