Logo
Logo

देशभर आंशिक बदली, यी स्थानमा पानी पर्ने सम्भावना


252
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।

जसको प्रभावले अहिले बिहान देशभर आंशिक बदली रहेको छ भने मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ ।

यस्तै, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबा राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्