
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भई हालसम्मकै उच्च कायम भएको हो ।
आज सुन प्रतितोला एक लाख ३४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ
। यसअघि प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको थियो ।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको थियो भने आज एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएको सुन आज एक हजार छ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।














