Logo
Logo

लुम्बिनीका कृषिमन्त्रीले दिए राजीनामा


1.2k
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टी (जसपा)का तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्