Logo
Logo

इलाम-२ मा राप्रपा नेपालकाे उम्मेदवार गणेशबहादुर चौहान


378
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले इलाम–२ को उपनिर्वाचनमा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाएको छ । बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष कमल थापा यो चुनाव परिणामले सरकार बनाउन वा गिराउन कुनै महत्व नराख्ने बताउँदै भने, ‘तर राप्रपा नेपाललाई जिताएर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकविरूद्ध सन्देश दिन सक्छ ।’ उनले त्यसैले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्